इटहरी :  नबिल बैंकले सजिलो एक्सप्रेस कर्जा सार्वजानीक गरेको छ । इटहरीको सेन्ट्रल प्लाजामा एक कार्यक्रमको आयोजना गरी नबिल बैंकले नयाँ कार्यक्रम सार्वजनीक गरेको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहद्वारा सार्वजनीक गरीएको उक्त योजना भोलीकै मिति देखी प्रदेश १ भरी लागु हुने बताईएको छ । सरल र शिघ्र कर्जा प्रकृया सहित अधिकतम १०.५ प्रतिशतको व्याजदरमा कर्जा उपलब्ध हुने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । ५ लाख देखी १ करोड ५० लाख सम्म कर्जा उपलब्ध गराउने गरी योजना ल्याइएको बताइएको छ ।

त्यससंगै व्यवसायीक सपना पुरा गर्नको लागी ९.९९ प्रतिशतको व्याजदरमा नबिल नारी कर्जाको योजना पनी बैंकले सार्वजानीक गरेको छ । ५ दिन भित्र कर्जा स्विकृती हुने गरी १ करोड ५० लाख कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत शाहले साना तथा मझौला उद्योगको माध्यमबाट रोजगारी सृजना गर्ने र उत्पादकत्व वृद्धी गर्ने उद्येश्यले योजना ल्याइएको बताए । उनका अनुसार कर्जाकै अभावमा धेरै उद्यमीहरुले उत्पादन र बजार बिस्तार गर्न नसकिरहको अवस्थामा नबिल बैंकले नयाँ योजना सर्वजानीक गरेको हो ।
यि योजनाहरु यस अघिनै प्रदेश ५ र प्रदेश ३ मा सार्वजानीक भइ कार्यान्वयनमा आइसकेको र प्रदेश १ को लागी बिहिबार बाटै सेवा उपलब्ध गराइने बताइएको छ ।