धरान : पुर्वमेयर ध्यानबहादुर राईको स्मृतिमा धरान उपमहानगरपालिकाले बुधबार शोकसभा कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली अर्पन गरेको छ ।

धरान उपमहानगरपालिका, राजनितिक दल र संघ संस्था लगायतले स्वर्गीय राईलाई सम्झदै उनको शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य उमिता बराइली लगायतका उपस्थित राजनितिक व्यक्तित्वले उनको तस्विरमा माल्यार्पण गरि उनलाई श्रद्धा अर्पन गरेका हुन् । प्रमुख अतिथी बराईलीले ध्यानबहादुर राईसँग लामो समयसम्म आफूले संग तगर्न नपाए पनि उहाँको कामबाट प्रभावित भएको बताईन् । आफू सानो छदा भरौलतिर चुनावको पोष्टर टास्नँ आएको स्मरण गर्दै उनले आफू पनि राजनितिमा लागेर आउँदा चुनावी दौरानमा भेट भएको उनले बताईन् । राईको पालामा बनेको धरान सभागृहको लागि चालु आर्थिक वर्षमा प्रदेशबाट बजेट विनियोजन गरेको थप धरान उपमहानगरपालिकाले बजेट थप गरेर उहाँको चासोको विषयलाई पुरा गर्नुपर्ने उनले बताईन् ।

shoksava

मेयर तिलक राईले ध्यान बहादुर राईले देखाएको योजनालाई अबको जनप्रतिनिधिले पुरा गर्ने बताए । स्वर्गाीय राईको स्मृति ग्रन्थ शालिक निर्माणको सम्बन्धित पक्षलाई बिहिबार उपमहानगरमा आउन समेत आह्वान गरे । उपप्रमुख मन्जु भण्डारीले कार्यक्रममा शोक स्वागत मन्तव्य राख्दै धरानको विकासको लागि सधै चिन्तित र चासो राख्ने एउटा अभिभावक गुमाएको बताईन् । उपचाररत रहँदा पनि धरानको अवस्थाबारे पटकपटक आफुलाई सोधिरहने सधै धरानको प्रगतिबारे मात्रै चिन्तित रहि आएका एक विकासप्रेमी व्यक्तित्व रहेको उनले बताईन् । कार्यक्रममा स्वर्गीय राईको स्मृतिग्रन्थ प्रकाशन र शालिक स्थापना समितिका संयोजक महेश श्रेष्ठले स्वर्गाीय राईको भाइ मानबहादुर राई, हरिप्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेकपा जिल्ला कमिटी सदस्य इन्द्र बहादुर राई, समाजवादी पार्टीका केन्द्रीय सदस्य भिम राई लगायतको मन्तव्य राखेका थिए ।