झापा: झापाको गौरादह नगरपालिकामा रहेको गौरादह बहुमुखी क्याम्पसमा तह वृद्धिसँगै विद्यार्थीहरुको उपस्थिति न्युन हुनु तथा कलेज छोड्नुका कारण र समाधानका उपायहरु विषयमा एकदिने गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा कलेजमा विद्यार्थीको उपस्थिति न्युन हुनु, कलेज छोड्नुका कारण र समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो । बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थीहरुले आयोजना गरेको गोष्ठीमा कलेजमा विद्यार्थी न्युन हुनु तथा कलेज बिचमै छोड्नुको मुख्य कारण यातायातको असुविधा, गरिबी, पढ्न मन नभएर विद्यार्थीको संख्यामा कमी आउने गरेको बताइएको छ । यस्तै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, उपलब्ध भएसम्म विद्यार्थीहरुको सजिलोका लागि कलेज बसको व्यवस्था गर्ने निष्कर्ष निकालिएको बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थी प्रदिप धमलाले जानकारी दिएका छन् ।

बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थी भुमा खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सो गोष्ठिमा प्रमुख अतिथि क्याम्पस प्रमुख हिन्द बहादुर दाहाल रहेका थिए । कार्यक्रममा शिक्षक तथा सोही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागिता कार्यक्रम सञ्चालक समेत रहेका विद्यार्थी प्रदिप धमलाले जानकारी दिएका छन् ।