इटहरी: इटहरी २ मा रहेको रोयल रिसोर्ट १५ दिनभित्र भत्काउने गरी इटहरी उपमहानगर र रिसोर्ट संचालक बीच कागजी सहमति भएको छ ।

सञ्चालकले १५ दिन भित्र आफै नभत्काए उपमहानगर आफैले भत्काउने सहमति भएको छ । पैनीको जग्गा मिचेर होटल खोलेको भन्दै इटहरीका मेयर द्धारिकलाल चौधरीले रिसोर्टको भवन भत्काउन १५ दिने अल्टीमेटम दिएको बताए । लामो समयदेखि भत्काउन निर्देशन दिए पनि नमानेको र यो अन्तिम पटक १५ दिने म्याद दिएको उनको भनाइ छ ।

रिसोर्टले पैनी मिचेर बनाएको जग्गामा बनेको संरचना भत्काउन रिसोर्टका सञ्चालक अमृत कार्कीलाई निर्देशन दिएको हो । उनले आफुले १५ दिन भित्र भत्काउने बाचा समेत गरेको इटहरी उपमहानगरपालिकाले बताएको छ।

royal