काठमाडौं : इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग र्पुयाएको आशंकामा गरेको हवाइ हमलामा मारिनको संख्या चार पुगेको हो ।

सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दावी गरेको छ । मारिनेमा विद्यार्थी र एक जना प्रहरी समेत रहेको बताइएको छ । इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ ।

यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ । इजरायली सेना थपिएपछि हिंसाका घटना बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।