चतरा : माध्यमिक तह, क्यापस र विश्व विद्यालयमा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षकहरुको संगठन नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुनसरी र बृटिश काउन्सिल अनुसन्धान मनिटरिङ स्किम सुनसरीको संयुक्त आयोजनामा शनिबार अन्वेषणात्मक कार्यमुलक अनुसन्धानको बिषयमा एक दिवशिय लघु सम्मेलन आयोजना हुने भएको छ ।

बिहिबार नेल्टा सुनसरीले प्रेस बिज्ञप्ती मार्फत उक्त कुराको जानकारी गराएको हो । शनिबार इटहरी स्थित विश्व आदर्श क्लेजको सभाहलमा आयोजना हने सम्मेलनमा प्रदेश नं १ भरिका करिब १ सय ५० भन्दा बढि अंग्रेजी शिक्षकहरु सहभागि हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिद्यालय तथा बिश्न बिद्यालयमा अध्यापन गराउने क्रममा आइपर्ने सिकाई समस्याहरु अन्वेशण गरी कसरी शिक्षण गराउने र सिकाईलाइ कसरी सुधार ल्याउने कुराको बिषयमा सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनलाइ शैक्षिक तालिम केन्द्र सुनसरीका प्रमुख, इटहरी शिक्षा शाखा प्रमुख, धरान शिक्षा शाखा प्रतिनिधि, तथा विभिन्न क्यापस तथा बिद्यालयका प्रमुख तथा प्रध्यानाध्यापकले सहजी करण गर्नेछन् ।भने त्रिभुवन विश्व बिद्यालयका उप- प्रध्यापक डाक्टर रामजी तिमल्सिना र नेल्टा प्रदेश नं १ का अध्यक्ष नरबहादुर भण्डारीले कार्यमुलक अनुसन्नधाका बिषयमा विशेष र महत्त्वपूर्ण प्रस्तुति दिनेछन् ।

नेल्टाका अध्यक्ष रबिन वरालले जारी गरेको बिज्ञप्तीका अनुशार बृटिश काउन्सिल ६ महिना लामो कार्यमुलक अनुशन्धान मनिटरिङ स्किमका मेन्टर गोबिन्द पुरीको अनेसाणत्मक कार्यमुलक अनुसन्धान र मेन्टरिङ्ग अनुभव बिषयमाथीको प्रस्तुति करण रहनुका साथै मेन्टरिक स्किम अन्तरगत गरिएको अनुसन्धानहरुको बिभिन्न १० शिक्षकहरुबाट अनुसन्धानकर्ताबाट प्रबोधिकरण प्रस्तुति रहने छ । सहभागीहरुलाई कुनै शुल्क नलिई सहभागी गराईएको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।