इटहरी : प्रहरी जवान महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका संघिय प्रहरी इकाई कार्यलय धरानका एसएसपी शौरभ राणालाई दोस्रो पटक ८ दिनको म्याद थप भएको छ । पक्राउ पुर्जि जारी भएपछि गत आइतबार उनी आफै आत्मसमर्पण गरेर जिल्ला प्रहरी कार्यलय सुनसरी पुगेका थिए ।

सोमबार ५ दिनको म्याद थप भएपछि उनी हिरासतमै छन् । जिल्ला आदलत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधिस शंकरबहादुर राईको इजालसले दोस्रोपटक ८ दिनको म्याद थप गरेको हो ।

बलात्कार आरोपित महिलाले भने आफुलाई जबर्जस्ति मुद्दा दर्ता गर्न लगाएको बताउदै आएकी छिन् । जिल्ला वकिलको कार्यलय पुगेर उनी मुद्दा फिर्ता लिइदिनको लागि अनुरोध गरिरहेकि छिन् ।