धरान : धरान-६ स्थित पानवारीमा रहेको एभरेष्ट चिल्ड्रन सकेण्डरी बोर्डिङ स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीका अभिभावकहरु दिनभरी साँगितिक माहोलमा रमाए । विद्यार्थीहरुले कार्यक्रम अवधीभर प्रस्तुत गरेको नृत्य, गीत र नाटक, फेसन सो बाट अभिभावकले समय वितेको पतै पाएनन् । नेपाली कला र संस्कृतीको जगेर्ना गर्न विभिन्न जातीय संस्कृतीका गीतहरुमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । नर्सरीका विद्यार्थी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले उपस्थित भएका अभिभावकलाई मनोरञ्जन दिलाए । विद्यार्थीहरुले साँस्कृतिक पहिरन झल्काउने पोशाकमा नृत्य प्रस्तुत गरे भने विद्यालयको शिक्षिकाले समेत आकर्षक नृत्य प्रस्तुत गरे । विद्यालयमा रहेको विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउनको लागि एकल र सामुहिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा एकल तर्फ ५ जना विद्यार्थी सहभागि थिए भने सामुहिक तर्फ २ समुह रहेका थिए । एकल तर्फ कक्षा-८ का छात्रा शुष्मा तामाङ प्रथम,कक्षा–४ की शुस्मिता विक द्धितीय र कक्षा-६ का छात्रा दिव्य विक तृतीय भइन् । विजेतालाई पुरस्कारले पुरस्कृत गरिएको थियो भने विद्यालयमा अनुशासित, इमान्दार,उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरियो ।

everest-s

विद्यार्थीलाई अध्ययन अलवा आन्तरिक क्षमता र कलाको विकास गर्नको लागि विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसमा गीत, संगीत र नृत्य लगायतको विविध विधामा साँस्कृतिक कार्यक्रम सहित मनाएको विद्यालयका प्रिन्सिपल भुपाल पौडेलले बताए । उनले भने, ‘विद्यार्थी भनेको आलकाचो माटो झैं हुन,किताबी ज्ञानले मात्रै उनीहरुको भविष्य सुनिश्चित गर्न सक्दैन, त्यसैले स्कुलले अतिरितm क्रियाक्लाप अनुसार नै विद्यार्थीको नेतृत्वमा एक दिन साँगितिक महोल वनाएका होै ।’ प्रिन्सिपल पौडेलले आगामी ५ वर्ष भित्र विद्यालयले १२ कक्षा सम्म सञ्चालन गर्ने योजना बनाएको समेत बताएका छन् । यसपाली पहिलो पटक विद्यालयबाट कक्षा १० का विद्यार्थीले एईइ परीक्षामा सहभागी हुँदैछन्,अव अभिभावकको मागलाई ध्यान र आवस्यकतालाई मध्यनजर गर्दै कक्षा ११ र १२ पनि सन्चालन गर्ने प्रिन्सिपल पौडेलले बताएका छन् ।

कार्यक्रममा विद्यालयका संस्थापक सदस्य कोपिला गौतम भट्टराईले पानबारीमा शैक्षिक क्षेत्रमा आफ्ना छोरा छोरीलाई अघि वढाउनको लागि कठिनाई भइरहेको अवस्थामा गुणस्तरीय र सर्व-सुलभ रुपमा अध्ययन गराउनको लागि केही शैक्षिक सुधारका चिन्तन भएकाहरुको सोंचबाट व्यतिmको समुहबाट वि.सं २०६३ सालबाट विद्यालय शुरु गरेको बताइन् । उनले भनिन्, ‘विद्यालयको अभाव थियो, भएको विद्यालयले पनि एकाधिकार जमाएका थिए,हामी अभिभावक पीडित वनेका थियो, विकल्प आवस्यक थियो,त्यो आवस्यकतालाई मध्यनजर गरेर नै आज यहाँ सम्म आइपुगेका छौ।’कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितीका सदस्य झुमा राइको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कक्षा नर्सरी देखि कक्षा १० सम्म पाई हुने उक्त विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेको विद्यालयका फाउण्डर तथा शिक्षक चेतनाथ घिमिरेले बताए ।