इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इटहरी स्थित पार्टी कार्यालय अगाडी भिडभाड थियो । पुर्व माओवादी केन्द्रका नेता कार्यकर्ताको पनि बाक्लै उपस्थिती थियो । ओली पक्षको खुलेर वकालत गर्ने नेताहरु कार्यलय अगाडी उभीएर खासखुस गरीरहेका थिए । नेकपा नेता माधव कुमार नेपाल उपस्थित भएपछी कार्यकर्ताहरु भेटघाटको लागी पार्टी कार्यालय पुगेका थिए ।
नेता नेपाल कार्यालयको दोस्रो तल्लामा भाषण गरीरहेका थिए । सुनसरीका केही नेताहरु बाहेक सबै मोरङका नेता कार्यकर्ताहरुको उपस्थिती देखीन्थ्यो । नेता नेपाल इटहरी आउने भएपछी उनलाई भेट्न आएको उनीहरुको तर्कछ ।
तर पार्टी समायोजन पछी एकलौटी रुपमा ओली र प्रचण्ड टिम लागेकोले आफ्नो छुट्टै हैसीयत बनाउन मोरङका नेपाल पक्षीय नेताहरुको भेला भएको एक नेताले बताए । उनका अनुसार मोरङमा नेपाल टिम कमजोर बन्दै गएकोले आगामी रणनिती बनाउने गरी भेटघाट भएको हो । नेपाल पक्षीय एक नेताले बिद्यार्थी संगठन देखी पार्टी कमिटी सम्म आफ्नो टिमलाई बिभेद गरीएको भन्दै संघर्ष गर्न लागीएको बताए । स्थानीय स्तरमा आफुहरु संघर्ष गर्न तयार भएको र केन्द्रमा माधव कमरेडले संघर्ष गर्ने गरी योजना बनाइएको उनको भनाईछ ।

सयौं कार्यकर्ताहरु लाई संबोधन गर्दै नेता नेपालले अब रणनैतीक रुपमा अगाडी बढ्नुपर्ने धारणा राखे । पार्टी भित्रका कमजोरी औल्याउने र त्यसलाई सच्याएर आफ्नो स्पेस बनाउन उनले कार्यकर्तालाई सुझाए । नेपाल पक्षको छुट्टै भेलामा पार्टी केन्द्रीय सदस्य महेश रेग्मी, नेकपा सुनसरी इन्चार्ज धर्म निरौला, सुनसरी पार्टी सचिव रमेश बस्नेत, मोरङ जिल्ला सदस्य पारुल क्षेत्री, सत्यनारायण चौधरी लगायत नेपाल पक्षीय नेतारुको उपस्थिती रहेको थियो ।

२ घण्टा सम्म चलेको नेपाल पक्षीय भेटघाट पश्चात उनले अन्य कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । बालुवाटार जग्गा प्रकरणमा आफ्नो पनि नाम मुछीने गरेको भन्दै यो सबै झुट भएको बताए । कार्यकर्तालाई स्पष्टीकरण दिँदै उनले भ्रष्टचारीलाई कारबाही गर्दा आफ्नो सधै साथ हुने र आफुले कहिल्यै पनि त्यस्तो गलत काम नगरेको बताए ।