धरान : इटहरीको सुस्मा गोदावारी कलेजमा पाककला प्रर्दशन (फूड फेस्टिबल) सम्पन भएको छ ।

पाककला प्रर्दशनमा गोदावारीकै होटल म्यानेजमेन्ट संकायमा अध्यनरत चौध सय विद्यार्थीहरूले विभिन्न प्रकारका १६ प्रकारका परिकार पकाएका थिए । रोशन कटुवालको नेतृत्वमा चाउमिन, ममः सेनविज, मक्तेल, फुट सलाद, बरगर आदि परिकार प्रदर्शन गरिएको थियो । विद्यालयका विधार्थीले बार्षिक रूपमा गरेको प्रयोगात्मक सिकेको पाककलालाई एक एक बर्षमा विद्यार्थीले के कस्तो सिक्दैछन् भन्ने उदेश्यले फुड फेस्टिवल गरिएको बिद्यालयका प्रध्यानाध्यापक बोधराज नेपालले जानकारी दिए । पाककला प्रर्दशनबाट सबैभन्दा उत्कृष्ठ परिकार बनाउनेको मूल्यांकन समेत गरिने शिक्षक हरि भट्टराईले बताए ।

फूड फेस्टिवल कार्यक्रम प्रध्यानाध्यापक बोधराज नेपालको अध्यक्षता, ब्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठ, कलेजका संचालन पेशल पोखरेल लगायत विद्यालयका विभिन्न संकायका शिक्षकहरुको उपस्थित रहेको थियो ।