इटहरी : इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापित भएका परिवारलाई  पूर्नस्थापना गरिने भएको छ ।

इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम सुरु गरिएको हो ।

१३ परिवारलाई इटहरी १० स्थित आमझोकीमा पूर्नस्थापना कार्यक्रमको मेयर द्वारिकलाल चौधरीले सुरुवात गरेको छ । उनले गाउँका जनतालाई उपमहानगरबासी भएको अनुभूति दिलाउन गाँउगाँउका मुलबाटोहरु धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको बताए । कालोपत्रे गर्ने क्रममा विस्थापितहरुलाई एकै ठाँउ जग्गा उपलब्ध गराएर पूर्नस्थापना गर्न वडा नम्वर १० ले गरेको पहलको उनले प्रशंशा गरे । वडा नम्वर १० को सार्वजनिक पर्ती ऐलानी जग्गामा इन्जिनियरिङ्ग कलेज, संग्राहलय, कृषि थोक विक्रि केन्द्र लगायत निर्माण गर्ने बारेमा पहल भइरहेको जानकारी गराए ।

कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष प्रकाश चौधरी, ११ का रुपेश चौधरी, १२ का हेमानन्द दाहाल र १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनतालाई उपमहानगरबासी बनाउन उपमहानगरले गरेको पहलले गाँउका बासिन्दा उत्साहित बनेको बताए ।