धरान: धरान–६ स्थित शिक्षा सन्देश बोडिङ स्कुलले ‘स्टुडेन्ट अफ दि इयर’ घोषित गरेको छ ।

शनिबार विद्यालयले आफ्नो २९ औं बार्षिक उत्वसव तथा अभिभावक दिवशको अवसर पारेर कक्षा ९ मा अध्ययनरत मौसम पराजुली र संगीता रम्तेललाई स्टुडेन्ट अफ दि इयर घोषित गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्याब्सन केन्द्रीय सदस्य एबंम शिक्षाकर्मी जिबप्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार पौडेललगायतले पुरस्कृत गरेका थिए ।

विद्यालय परिषरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न पाँच विद्यामा उत्कृष्ठ घोषित गदै पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए । उनका अनुसार विद्यालयले अनुसाशित, सरसफाइ, अतिरिक्त कियाकलाप, पढाईलगायतका विद्यामा उत्कृष्ठ घोषित गदै पुरस्कृत गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेको थियो ।

विद्यालयले आफ्नो वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुका साथै भावि योजना समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा प्याब्सन सुनसरीका उपाध्यक्ष थानेश्वर ढकाल, धरान वडा नम्बर ६ का वडाध्यक्ष भुवन सिंह बस्नेतलगायत शिक्षक, कमृचारी, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।