धरान : सुच्चा राई कल्याणकारी समाजको १९ औं स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ ।

धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा शनिबार गरिएको रक्तदान कार्यक्रममा प्रदेश सांसद सौभाग्यवती राईको प्रमुख आतिथ्यमा भएको हो । रक्तदान कार्यक्रमको बिशिष्ट अतिथिमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रदेश सांसद बिना राई लगायतको पनि उपस्थिति रहेको थियो ।

10

मेयर तिलक राईले धरानबासी समाज र समृद्धिको लागि कुनै न कुनै भुमिकामा लागिपरेको बताए । उनले जीवन मरनको दोसाँधमा हुँदा रगत आवस्यकता पर्ने भएकोले रक्तदान पुण्यको काम भएको बताए । संघसंस्था संगठनले दिने टेवा अन्तरगत सुच्चा राई कल्याणकारी समाजले आफ्नो भुमिका र कर्तव्य पूरा गरेको बताए । सुच्चा कल्याणकारी समाजलाई धरान उपमहानगरपालिकाले के गर्नुपर्ने हो ? त्यो गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । 

२०५६ सालमा स्थापना भएको सुच्चा राई कल्याणकारी समाजले २०७० सालदेखि आफ्नो स्थापनाको अवसरमा निरन्तर रक्तदान गर्दै आइरहेको समाजका केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राईले जानकारी दिए । उनले बान्तवा अन्तर्गतको सुच्चा पाछा रहेको बताए । सुच्चा पाछा देश बिदेशमा गरि करिब १२ देखि १५ हजार जनसंख्या रहेको उनले बताए । यस संस्थाको इलाम, भोजपुर, काठमाडां,ै सुनसरीमा जिल्ला कार्य समिति रहेको छ । सुनसरी जिल्लामा धरान, तरहरा र इटहरी सहित गरि दुई हजार पाँचसम्म सुच्चा राई रहेको जानकारी अध्यक्ष बिनोद राइले दिए । तर यो जनसंख्या भने नेपालको जनगणनामा छुट्टै रुपमा छैन । हाल समाजको केन्द्र र जिल्लामा १५ जनाको कार्यसमिति रहेका छन् भने सुनसरी जिल्ला अन्य जिल्ला भन्दा बढी कृयाशिल रहेकोे राईले जानकारी दिए ।