धरान : दन्तकाली पञ्चायत माध्यमिक विद्यालय धरान १४ ले सीतादेवी दाहाल र श्री प्रसाद कोईरालालाई वर्ष शिक्षक २०७५ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरेको छ ।

दन्तकाली पञ्चायत माध्यमिक विद्यालय धरानको ६२ औं वार्षिक उत्सवको अवसरमा उक्त सम्मान गरिएको हो । शनिवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न १३ शिर्षकमा छात्रवृत्ति स्थापना गर्ने संस्थापकहरु र विभिन्न समय शिक्षकको रुपमा सेवा गर्ने ११ जना पूर्व शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । शिक्षक अभिभावक र विद्यार्थीहरुलाई सहयोग गर्न अनुरोध गर्दै २०१४ सालमा स्थापित दन्तकाली पञ्चायत विद्यालयको ईतिहास र वर्तमानमा भएका शैक्षिक गुणस्तरका सुधारका लागि प्रयासहरु गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम कोईरालाले बताए ।

dantakali

वार्षिक उत्सवमा १ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो । विद्यालयले संचालन गरेको विभिन्न अतिरिक्त कृयाकलापमा विजयी हुने ६५ विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै शैक्षक क्षेत्रमा र कक्षामा उत्कृष्ट हुने ११ जना विद्यार्थीहरुलाई विशेष पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्न बहादुर कट्वालले २०७४ सालमा सुनसरीकै सबै भन्दाबढी सिकाई उपलब्धी हाँसिल गर्न सफल धरानका उत्कृष्ट विद्यालयहरु मध्ये एक भएको जानकारी गराए । १४ नं. वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले सामुदायिक विद्यालयमा शिक्षकाको गुणस्तर छैन भन्नेलाई दन्तकाली पञ्चायन मा.वि.ले जवाफ दिएको बताए । पब्लिक हाईस्कुलका प्रअ ईन्द्रमोहन झा यस विद्यायका विद्यार्थीहरु अन्य विद्यायलमा जादा पनि उत्कृष्ट हुने गरेको बताए ।

कार्यक्रममा धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, समाजसेवी सरला कायस्थ, जग्गादाता हरि प्रसाद खानाल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षा सेवी, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।