काठमाडौं : निर्वाचनमा सजिलै टिकट कसले पाउँछ ? जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो बगाउनुपर्ने बाध्यता छ ।

निर्माण व्यवसायी महासंघ र जिल्लास्थित निर्माण ब्यवसायी संघबाट संकलन गरेको सूचीअनुसार बडासदस्यदेखि संघीय सांसदसम्म दुईसय आठ जनप्रतिनिधी ठेकेदार छन् । संघीय संसदमा नै ६ सांसद छन् । प्रदेशमा १८ सांसद ठेकेदार छन् । स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार छन् । यी मध्ये ३८ जना स्थानीय तहको प्रमुख नै छन् ।

प्रतिनिधिसभा सांसद

जिपछिरिङ लामा-कांग्रेसबाट समानुपातिक(लामा कन्स्ट्रक्सन प्राली)

बहादुरसिंह लामा-कांग्रेसबाट समानुपातिक(हिमढुंगा एन्ड थोकर)

मोहन आचार्य, रसुवा-कांग्रेसबाट(रसुवा कन्स्ट्रक्सन प्राली)

धनबहादुर बुढा, डोल्पा-नेकपाबाट(हिमाली निर्माण सेवा)

प्रेम तुलाचन, मुस्ताङ, नेकपाबाट-(मित बिल्डर्स)

हरिनारायणप्रसाद रौनियार, पर्सा, संघीय समाजवादी-(पप्पु कन्स्ट्रक्सन प्राली) -नयाँ पत्रिका दैनिकबाट