धरान : धरानको साधना भवनमा रहेको अल्फा बिटा सेन्टरको आयोजनामा सम्पन्न भएको अल्फा बिटा क्वीज मेनिया २०२० मा धरान आदर्श विजेता बनेको छ ।

शनिबार टप ६ समूहबीच भएको फाइनल प्रतियोगितामा सबैभन्दा बढी ११५ अंक ल्याउदै धरान आदर्श विजेता बन्न सफल भएको हो । विजेता बन्दै आदर्शका साहिल भुजेल र राजन थापाले नगद १५ हजार रूपैयाँ सहित ट्रफि, मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ ।

यसैगरी विष्णु मेमोरीयल स्कुल दोस्रो र धरान उच्च तेस्रो बन्दै मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ । प्रतियोगितामा विष्णुबाट अभिनव खतिवडा र उमंग भुजेल साथमा धरान उच्चबाट रीजन राई र प्रतिक घिमिरेले सहभागिता जनाएका थिए । उनिहरुलाई अल्फा बिटा धरान सेन्टरका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी साथमा अन्य अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

विजेता बन्न सफल विद्यालय धरान आदर्शको लागि छुट्टै फ्रेम सहितको प्रमाणपत्र समेत प्रदान गरीएको थियो । यसका साथै अन्य फाइनलमा पुग्न सफल भएका सहभागि सरस्वति मावि, यसरेका स्कुल र विजयपुर स्कुलका सहभागिहरुलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरीएको थियो ।

उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपप्रमुख भण्डारीले यस्ता प्रतियोगिताले विद्यार्थीको भविश्यमा आइपर्ने शैक्षिक अवश्यकतालाई परीपुर्ति गर्न सहयोग पुग्ने बताएकी छन् । उनले यस्ता कार्यक्रमले गर्दा विद्यार्थीहरूको व्यक्तित्व विकास हुने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आयोजकलाई अनुरोध गरेकी छन् ।

उनले नेपालको सरकारी जागिर पाउनको लागि लोकसेजा आयोगमा बौद्धिक ज्ञानको निकै खाचो पर्ने भएकोले यस्ता प्रतियोगिताले निकै सहयोग पुग्ने बताएकी छन् । उनले हाल धरानमा आउने सम्पुर्ण कर्मचारीहरू धरान बाहिरकै आउने भएकोले अबको समयमा धरानको स्थानिय कर्मचारी आएको हेर्ने चाहना भएको सम्पुर्ण विद्यार्थीहरूमा किताबि मात्र नभएर बौद्धिक ज्ञान समेत बढाउन आग्रह गरेकी छन् ।

कार्यक्रमको समापन गर्दै अल्फा बिटा धरान सेन्टरका अध्यक्ष लोकेन्द्र श्रेष्ठले आगामी दिनमा समेत अल्फा बिटा धरान सेन्टरले यस्तै अन्य विवध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।