विराटनगर : सम्झना खत्री परियार हत्या आरोपमा उनकै प्रेमी पक्राउ गरेका छन् । सप्तरी कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङ पोठियामा बस्ने सुरेन्द्र प्रसाद शाहलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीे जानकारी दिएका छन् ।

शाहलाई आज पत्रकार सम्मेलन गर्दैे मोरङ प्रहरीले सार्वजनिक गरेको हो । गत माघ २१ गते मृतक सम्झना खत्री रेटेर बिहान १० बजेदेखि शाहको सम्पर्कमा नरहेको र शाहले पटक पटक फोन गर्दा नि सम्पर्कका नआएकोले शाह सम्झनालाई भेट्न उनको घर दुहवी गएका थिए ।

सम्झना घरमा नदेखेपछि छिमेकीलाई सोध्दा बिहान १० बजे नै सम्झना निस्केको बताएपछि शाह आफूले काम गर्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा आएर काम गर्न थालको प्रहरीले बताएको छ । अपरान्ह ४ बजेपछि शाह पुन सम्झनालाई खोज्न जाँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई आफ्नो बाइकमा चढाएर बाँसबारीचोक नहरको बाटो हुँदैं दक्षिणतर्फ गए । विराटनगर महानगरपालिका १२ मा मोटरसाइकल रोकी गफ गर्ने क्रममा दुवैबीच वादविवाद भएको र आवेगमा आइ शाहले सम्झनालाई उनकै सलले घाँटीमा बेरेर तान्दै उखुबारीमा लगेका थिए ।

त्यहाँ उनले बाँसलाई हतियारको रुपमा प्रयोग गरी सम्झनाको घँटी रेटी हत्या गरेको प्रहरी समक्ष स्विकारेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्झना र शाहबीच विगत तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको शाहले स्विकारेका छन् । सम्झनाका श्रीमान र दुई छोरी रहेका छन् । समझनाको शव उखुबारीमा २४ गते भेटिएको थियो ।