जीवनको सबैभन्दा महत्वपूर्ण सम्पत्ति नै स्वास्थ्य हो । बरु मिहिनेत गरेर सकिएको सम्पत्ति आर्जन गर्न सकिन्छ । तर, मानिसको स्वास्थ्य एकचोटि बिग्रेमा त्यसलाई पुरानो अवस्थामा ल्याउन धेरै गाह्रो हुन्छ ।

हाम्रो दिनचर्याले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो । शरीर स्वस्थ राख्न नियमित व्यायाम गर्नुपर्ने हुन्छ । व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ । हामीलाई रोगसँग लड्ने शक्ति प्रदान गर्दछ ।

फाइदा

-स्वस्थ मुटु ।
-चिन्ताबाट मुक्ति ।
-तौल नियन्त्रण ।
-मधुमेह, कोलेस्ट्रोल र क्यान्सर हुने खतरा कम
-सन्तुलित रक्तचाप ।
-अनिद्रा रोकथाम ।
-हड्डी तथा मांसपेशी मजबुत ।
-स्मरणशक्ति बढ्छ ।