काठमाडौं : नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ ।

तर, राज्य आफैंले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्मसन्तानका नाममा विदेशीलाई सुम्पेको छ । अझ बिडम्बना सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएबापत आठ हजारका दरले रकम पनि लिने गरेको छ ।

उन्नत भविष्यका लागि कुनै पनि नागरिक स्वेच्छाले विदेसिन सक्छ । तर, आफ्नो रोजाइ तय गर्न नसक्ने १४ वर्षमुनिका अबोध बालबालिकालाई सरकारले पैसासँग साटेको हो ।

यसरी २० वर्षमा २६ सय ३३ बालबालिका राज्यले दुई करोड १० लाख ६४ हजार अमेरिकी डलर उठाएको छ र तर, ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै सरकारी निकाय छैन् । -नयाँ पत्रिका दैनिकबाट