धरान : धरान १५ स्थित रहेको ज्ञानोदय सेकेण्डरी ईङलिस बोर्डिङ स्कूलमा आज (सोमबार) विज्ञान तथा हस्तकला प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा सात देखि कक्षा दशसम्म अध्ययनरत विद्यार्थीले विज्ञान तथा पेशा बिषयमा सम्बन्धीत रहेर विल्ड मिल, हाईडोलिक लिफ्ट, डिएनए मोडल, ग्रिन हाउस, रिमोट कन्ट्रोलकार, रोवोट, आईफल टावर, अर्थवेक अर्लाम, भुकम्प पतिरोधि घर, हाइड्रो प्रोजेक्ट, केवलकार आदि नमुनाहरू पर्दशन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न आकर्षक हस्तकला नमुना समेत पर्दशनी गरिएको थियो ।

कक्षाकोठामा विधार्थीले सिकेका विभिन्न प्रयोगात्मक तथा अध्यनरत आफ्ना अभिभावक तथा विभिन्न संकायमा शिक्षक, विद्यार्थीहरू समक्ष गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रध्यानाध्यापक टिबि क्षेत्रिले जानकारी दिए । कार्यक्रममा आएका अभिभावक पनि निकै खुशी तथा उत्साहित भएका थिए ।