धरान : धरानमा रहेका सामुदायिक विद्यायहरुको परिक्षामा एकरुपता ल्याउन प्रश्न पत्र निर्माण तालिम सम्पन्न गरेको छ ।

सोमबार पब्लिक हाईस्कुलमा सम्पन्न तालिमको आयोजना धरान उपमहानगरपालिका शिक्षा महाशाखाले गरेको हो । धरानको सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि प्रश्न पत्र निर्माण तालिमको अयोजना गरिएको महाशाखा प्रमूख रत्नबहादुर कट्वालले बताए । सामुदायि विद्यालयहरुको परीक्षालाई गुणस्तरिय र मर्या्दिन बनाउन नगर स्तरिय परीक्षा समिति गठन गरिएको छ । परीक्षा समितिमा ईन्द्रमोहन झा, यम खत्री, भरत खत्री, राजेन्द्र खतिवडा, गुणनिधि तिम्सिना, उत्तम श्रेष्ठ र मेनुका सापकोटा रहेका छन् ।

नगर स्तरिय परीक्षा समितिको संयोजनमा सम्पन्न तालिममा धरानका ४६ वटा विद्यालयबाट ६२ जना विभिन्न विषयका शिक्षकहरुको सहभागिता रहेको थियो । यो पहिलो चरणको तालिम हो । पछि क्रमशः यस तालमलाई निरन्तरता दिदै जाने छ । प्रशिक्षणमा विषय अनुरुप कसरी प्रश्नपत्र निर्माण गर्ने ? पाठ्यक्रम अनुरुप कति कति अंकभारको कस्ता कस्ता प्रश्नहरु बनाउने भन्ने सीप प्रयोगात्मक ढंगबाट सिकाईएको पव्लिक हाईस्कुलका प्रधानाध्यापक ईन्द्रमोहन झाले बताए । प्रशिक्षणलाई पुरुषोतम निरौला, शंकर भण्डारी र टिकाराम घिमिरेले सहजिकरण गरेका थिए ।