धरान : धरान उपमहानगरपालिकाले  ७० औं राष्ट्रिय प्रजातन्त्र दिवश फागुन ७ गते बुधबार प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाउने भएको छ।

भोली बिहान उपमहानगरपालिकामा ७ बजे प्रभातफेरी छाताचौक, भानुचौक, पुतलीलाईन, सब्जीमण्डी, पब्लिक स्कुलहुँदै पुनः नगरपालिकामा पुगेर र्याली सभामा परिणत हुने बताइएको छ ।

बुधबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रभातफेरी तथा भानुचौकमा नेपाली झण्डोतलन कार्यक्रमको आयोजना गरीने भएको हो । यसैगरी प्रदेश सभामुख प्रदिप कुमार भण्डारीको पनि प्रभातफेरीमा उपस्थिति रहने जनाएको छ ।

मेयर तिलक राईले आज (मंगलबार) धरान उपमहानगरपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरि विभिन्न राजनितिक दलका नेताहरु, प्रशासन कर्मचारी, वडाध्यक्षहरु, सामाजिक अभियान्ता, शिक्षक, नेपाल प्रहरी, शसस्त्र बल, नेपाली सेना, सञ्चारकर्मीहरुसँग ७० औं राष्ट्रिय प्रजातन्त्र दिवश मनाउने विषयमा छलफल गरेका हुन् । मेयर राईले छलफलमा उपस्थित भएका प्रतिनिधिहरुलाई ६, ७ र ८ गते तीन दिन साँझ टोल, वडा, चौक, कार्यालयहरुमा दिपावली कार्यक्रम गर्न पनि आग्रह समेत गरेका छन् ।

धरान उपमहानगरपालिकाका प्रशासकिय अधिकृत गणेश खतिवडाले छलफलमा नगरमा विगतका वर्षहरुमा सानोतिनो कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र दिवश यस पटक प्रभातफेरी कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउन लागिएको बताए ।