धरान : चालु आर्थिक वर्ष २०७६/७७ को पुष मसान्तसम्ममा धरान नगरभित्र महिला तथा घरेलु हिंसा सम्वन्धी ११७ वटा उजुरी परेका छन् ।

महिला तथा घरेलु हिंसाका घटना वढ्दो रुपमा भएपनि पछिल्ला समय उजुरी गर्ने र कारवाहिको रुपमा मुद्या चलाउने काम वढेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

महिला तथा घरेलु हिंसा तर्फ ६८ वटा उजुरीलाई मिलापत्र गरिएको छ त्यसै गरि ७ वटा उजुरीलाई आफन्त र समाजको रोहवरमा मिलापत्र गरिएको प्रहरीले जनाएको छ । ६ वटा उजुरीलाई मुद्या चलाइएको छ भने ३६ वटा उजुरीको सुनुवाई हालसम्म भएको छैन ।
इलाका प्रहरी कार्यालयका अनुसार जवरजस्ती करणीका ११ वटा मुद्या दायर गरिएको छ । पुष मसान्त भित्रमा ४ वटा जवरजस्ती करणी उद्योगका मुद्या दर्ता गरिएको छ । यसै गरि वहुविवाहका ४ वटा मुद्धा दर्ता गरिएको प्रहरीको भनाइ रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ सालमा धरान नगरभित्र महिला तथा घरेलु हिंसा सम्वन्धी १४४ वटा उजुरी परेका छन् । महिला तथा घरेलु हिंसा तर्फ १२९ वटा उजुरीलाई मिलापत्र भएको थियो , भने ९ वटा मुद्या दर्ता भएका थिए प्रहरीका अनुसार गत आ.ब २०७५/७६ साल भित्रमा १९ वटा जवरजस्ती करणी उद्योगका मुद्या दर्ता थिए , वहुविवाहका ११ वटा मुद्या दर्ता थिए ।

पछिल्ला वर्षमा महिलाका घरेलु हिंसाका घटनाका वारेमा उजुरी गर्ने र घरेलु हिंसा (कसुर र सजाय) नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम कानुनी कारवाहिको प्रक्रियामा ल्याउन प्रहरीले सक्रियता देखाएको नायव उपरिक्षक न्यौपाने वताउछन् ।