इटहरी : इटहरी उपमहानगरपालिकाले घर खाली गर्न पत्र टाँसेको ७ दिन बितीसक्दा समेत इटहरी ५ स्थित रामप्रसाद चौलागाईको घर खाली भएको छैन । २०७६ माघ २६ गते सुचना टाँस गरी घर खाली गर्न उपमहानगरले निर्देशन दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाईको हस्ताक्षर रहेको पत्रमा बसोबास रहेको घरजग्गा ऐलानी सार्वजानीक भएको हुँदा सुचना टाँस भएको ७ दिन भित्र खाली गर्न भनी उल्लेख गरीएको छ ।

प्रशासकीय अधिकृत चापागाईका अनुसार मेयर चौधरीको निर्णयको आधारमा आफुले पत्र काटेको र हाल मेयर इटहरी बाहीर भएकोले कुनै निर्णय नभएको हो । स्थानीय सरकार संचालन ऐन बमोजीम भवन भत्काउने वा खाली गर्ने अधिकार मेयरमा भएको भन्दै मेयर साब कार्यालय आएपछी थप निर्णय हुने उनले बताए । उता चौलागाई भने आफ्नो घर सार्वजनीक जग्गामा नभएको दाबी गरीरहेका छन् । यस बिषयलाई धेरै उचाल्न नचाहेको भन्दै उनले आफु समस्या समाधानको पक्षमा रहेको बताए । २०४३ सालमै तत्कालीन इटहरी गाउँपञ्चायतले ३ कट्ठा जग्गा भोग चलन गर्न पाउने भनेको हुनाले कानुनी हिसाबमा आफु माथी नै रहेको उनले बताए ।

ram-parsadh-ghar-2

यसरी अन्त्य भयो चौलागाई चौधरी बिचको वाकयुद्ध
लामो समयदेखी चलेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरी र इटहरी साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई बिच वाकयुद्ध चलेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ कमिटी सदस्य समेत रहेका चौधरी र सुनसरी सचिवालय सदस्य चौलागाई बिच सार्वजनीक रुपमै आरोप प्रत्यारोप हुँदै आएको थियो । १ बर्ष अघि देखीनै चौलागाई बिरुद्ध खनिएका मेयर चौधरीले उनको घर भत्काउने धम्की दिदै आएका थिए । खोला मिचेर बनेको घर कुनैपनि हालतमा भत्काउने मेयर चौधरीको अठोट थियो । चौलागाईले खानेपानी संस्था मार्फत भ्रष्टाचार गरेको र अकुत सम्पती आर्जन गरेको उनको आरोप थियो ।
पछिल्लो समय मेयर चौधरीले चौलागाईलाई पक्राउ गर्न भनी नगर प्रहरीनै परीचालन गरे । चौलागाईको घर देखी कार्यालयसम्म उनलाई खोज्न नगर प्रहरी परीचालन भयो । सोही दिन नेकपाका नेता माधव कुमार नेपाल इटहरी आएका थिए । नेपाललाई भेट्न चौलागाई आउने बुझेर मेयर चौधरीले पार्टी कार्यालयमै नगर प्रहरी पठाए । तर चौलागाईलाई नगर प्रहरीले पक्राउ गर्न सकेन । त्यसपछी चौलागाईले फेसबुक मार्फत मेयर चौधरीले ४५ लाख कमिसन मागेको आरोप लगाए । चौधरीले मानसीक सन्तुलन गुमाएको उनको आरोप थियो ।

त्यसपछी पार्टी प्रति गलत धारणा जाने भन्दै नेकपा प्रदेश कमिटीले चौलागाई र चौधरीलाई मिलाउने योजना बनायो । सोही योजना बमोजीम प्रदेश १ इन्चार्ज भिम आचार्य र अध्यक्ष देवराज घिमीरेको उपस्थितीमा दुवै जनाको कुराकानी भयो । लामो समय देखी फेसबुक लगायत मिडीया मार्फत चलेको वाकयुद्ध अन्तत समाप्त भयो । दुवै जनाले हात मिलाए र चियाको कप चेयर्स गरे । दुई नेताको मिलन भएको भन्दै समाजीक संजालमा कार्यकर्ताले दुवै नेताको प्रशंसा गर्न भ्याए । हाल चौलागाई उनै चौधरीको पक्षमा देखीएका छन् ।