धरान  : धरान उपमहानगरपालिकाको आयोजनामा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अबसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
प्रभातफेरी धरानको छाताचौक, भानुचौक, पुतलीलाईन, सब्जीमण्डी, पब्लिक स्कुलहुँदै पुनः नगरपालिकामा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा बिभिन्न बिद्यालयहरु, जातिय संस्था तथा जनप्रतिनिधीहरुको उपस्थित रहेको थियो।1 copy

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रभातफेरी तथा भानुचौकमा नेपाली झण्डोतलन कार्यक्रम पनी सम्पन भएको छ । यसैगरी प्रदेश सभामुख प्रदिप कुमार भण्डारीको पनि प्रभातफेरीमा उपस्थिति रहने जानकारी दिईएपनी सभामुख प्रदिप कुमार भण्डारी प्रभातफेरीमा उपस्थिति भएनन् ।final

मेयर तिलक राईले मंगलबार धरान उपमहानगरपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरि विभिन्न राजनितिक दलका नेताहरु, प्रशासन कर्मचारी, वडाध्यक्षहरु, सामाजिक अभियान्ता, शिक्षक, नेपाल प्रहरी, शसस्त्र बल, नेपाली सेना, सञ्चारकर्मीहरुसँग ७० औं राष्ट्रिय प्रजातन्त्र दिवश मनाउने विषयमा छलफल गरेका थिए । मेयर राईले छलफलमा उपस्थित भएका प्रतिनिधिहरुलाई ६, ७ र ८ गते तीन दिन साँझ टोल, वडा, चौक, कार्यालयहरुमा दिपावली कार्यक्रम गर्न पनि आग्रह समेत गरेका थिए ।