एजेन्सी : पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार दिउँसो शिशा बारमा भएको गोली प्रहारमा केही सर्वसाधारण घाइते भएको समाचारमा जनाइएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको प्रहरीले जनाएको छ ।