दमक : झापाको मेचीनगर नगरपालिका १० टिकापुरबाट १ सय ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट बुधबार साँझ ६ बजे खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का ३८ बर्षीय हिरालाल राजवंशीलाई १ सय ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।