झापा : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग बार्गेनिङ गर्दै गरेको ७० करोड कमिशनको बार्गेनिङ भएकोे अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएसँगै विवादमा तानिएका छन् । उनी विवादमा तानिएसँगै अहिले सामाजिक सञ्जालमा विभिन्न ब्याङ्ग्ग्यात्मक स्टाटसहरु आईरहेका छन् ।

70


हुन त मन्त्री बास्कोटा बेला बेला चर्चामा आईरहने गर्दछन् । अहिले मन्त्री बाँस्कोटा काठमाडौ बाहिर रहेको भएपनि उनले ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको बुझिएको छ । मन्त्री बाँस्कोटाले आज मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका हुन् या राजीनामाको घोषणा गर्न यो पनि सामाजिक सञ्जालमा जताततै छाईरहेको छ ।
केहि सञ्चार माध्यमहरुले भने मन्त्री बाँस्कोटाले राजीनामा दिने भएका छन् भनेर समाचार प्रकाशन गरिरहेका पनि छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएको समाचार बाहिरि रहेको पनि छ । तर उनले अब राजीनमा दिन्छन् या के गर्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
उता मन्त्री बाँस्कोटाकै पार्टी नेकपाका दुबै अध्यक्षबिच यो विषयलाई लिएर बालुवाटारमा छलफल भएको पनि बुझिएको छ । उनलाई राजीनमा गर्न लगाउने या के गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको श्रोतले बताएपनि के निर्णय भयो भन्ने चाहि खुलाईएको छैन ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निश्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् ।
भ्रष्टाचारीको मुखपनि हेर्दिन भन्ने प्रधानमन्त्रीको निक्कै नै बिश्वाशिलो पात्र मानिएका बाँस्कोटालाई अब केपी सरकारले के गर्ला ? अहिले चिया पसलदेखी सिंहदरबार सम्मपनि यस्तै बहस चुलिएको छ ।

86864301_219506445854608_7887284831501942784_n