धरान : मोफसलकै लोकप्रिय अन्तराष्ट्रिय आमन्त्रण २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।
धरान-१६ स्थित धरान रंगशालामा आगामी फागुन १० गतेदेखी सुरु हुने गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजक धरान फुटबल क्लवलले विहीबार पत्रकार सम्मेलन गदै फागुन १७ गतेसम्म सञ्चालन हुने गोल्डकपको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

golfcup

‘गोल्डकप सबै तयारी पूरा भइसकेको छ, अहिले मञ्च बनाउने, बाँसको प्याराफिट बनाउने काम भइरहेको छ’ क्लवका अध्यक्ष किशोर राईले भने ‘टिमहरुलाई बस्ने व्यावस्था मिलाउदैछौं, विभिन्न समिति उपसमिति बनाएका छौं, त्यो अनुसार काम भइरहेको छ ।’ गोल्डकपमा ७ हजार दर्शक क्षमता प्याराफिट तयार गरिएको छ । यस्तै, फुटबलमा बुढापाकाहरुलाई समेत आकर्षित गराउने उद्देश्यले क्लवले पहिलो पटक ६५ वर्षमाथीका बृद्धा र ७० वर्ष माथीका बृद्धहरुको लागि निःशुल्क रुपमा गोल्डकप हेर्ने व्यावस्था गरिएको छ । भएरहित ढंगबाट गोल्डकप सञ्चालन गर्नको लागि चारै तिर सिसि क्यामेरा जडान गर्ने काम भइरहेको अध्यक्ष राईले बताए । सेक्यूरिटी गार्ड, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने उनको भनाई छ । यस्तै, क्लवले आइएमई पेमार्फत टिकट काट्ने व्यावस्था मिलाएको जनाएको छ । उद्घाटनको दिन गायन तथा नृत्य समेत प्रस्तुत हुने भएको छ । गोल्डकपमा आयोजकसहित ८ टिमको सहभागीता रहने क्लवले जनाएको छ । जसमा दुई विदेशी टिम रहने छन् । गोल्डकपमा पहिलो पटक जापान फुटबल लिग टिमलाई सहभागी गराउने क्लवले जनाएपनि अन्तिममा आएर भाग नलिने भएको छ ।

‘विश्वभर त्रसित बनाइरहेको कोरोना भाइरसको कारण जापानको टिमले अन्तिममा आएर सहभागी नहुने जानकारी दियो’ उनले भने ‘त्यसमा भारतको दुर्गापुर वेष्ट बंगाल टिमलाई सहभागी गरायौं ।’ क्लवका अध्यक्ष राईका अनुसार आयोजक धरान फुटबल क्लवसहित मनाङ मस्यांङदी क्लव काठमाडौं, मछिन्द्र क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, मुख्यमन्त्री कप विजेता बेलबारी फुटबल क्लव मोरङ, मेची नेत्रालय काकडभिटा फुटबल ट्रेनिकङ सेन्टर झापा, यूके एफसी भारत र दुर्गापुर वेष्ट बंगाल भारतले प्रतिस्पर्धा गदैछन् । गोल्डकपको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गर्ने कार्यक्रम तय भएको छ । यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा)ले गोल्डकपको बर्गिकरण गरेको छ । गोल्डकपको बर्गिकरण अनुसार ‘क’ श्रेणीका गोल्डकप आयोजनाको लागि एउटै मिति तोकिदिदा क्लवहरुलाई टिम तयार गर्न मुस्किल भएको क्लवका अध्यक्ष राईले बताए । एन्फाको बर्गिकरणमा ‘क’ श्रेणीमा परेको बुढासुब्बासंगै बुटुवलको तिलोतमा गोल्डपक र सुदुरपश्चिमको खप्तड गोल्डकप समेत सञ्चालन हुदैछ । यो कारण पनि क्लवहरुलाई टिम तयार गर्न गाह्रो भएको हो । यस पटक धरानको टिममा तिन विदेशी खेलाडी भित्रिदैछन् । यस्तै, क्लवले बुढासुब्बा गोल्डकपमा यस पटकदेखी भिडियो असिस्टेन्ट रेफ्रि (भिएआर) प्रयोगमा ल्याउने र आयोजक टिमका प्रत्येक खेलाडीको बिमा गर्ने जनाएपनि विविध कारणले गर्न नसकेको क्लवले जनाएको छ । गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, व्याक्तिगत पुरस्कारतर्फ उत्कृष्ठ खेलाडीले होण्डा कम्पनीको एक थान डियो स्कुटी हात पार्नेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सार्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउने छ । उत्कृष्ठि गोलरक्षक, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ स्ट्राइकर, उत्कृष्ठ प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने जनाइएको छ । गत वर्ष गोल्डकप पाहुना टोली क्यामरुनी क्लव दाउफिन्स एफसी विजेता र उपविजेता आयोजक धरान फुटबल क्लव बनेको थियो । २०५५ सालदेखी बुढासुब्बा गोल्डकप सुरु भएको हो ।