इटहरी : अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने काममा इटहरीका निजि तथा सामुदायिक क्याम्पसले सक्रियता देखाएका छन् ।

इटहरीको एकमात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसले १ हप्ते अतिरिक्त कार्यक्रम सप्पन्न गर्यो । विभिन्न ७ बिद्यामा कार्यकलाप आयोजना गरि विद्यार्थीको क्षमता प्रस्पुटनको वातावरण बनाएको हो ।

त्यस्तै इटहरीकै नमुना क्याम्पसको रुपमा परिचीत कोशी सेन्ट जेम्स स्कुल तथा कलेजले सैद्धान्तीक ज्ञानलाई प्रयोगात्मक अभ्यास गराउने उद्धेश्यले इटहरीमा बृहत प्रदर्स्निको आयोजना गर्यो ।

1 6

विद्यार्थीहरुले पाठ्यक्रममा सिकेका विज्ञान ,भाषा, गणित ,प्रविधि,सामाजिक शिक्षा, वातारण, स्वास्थ्य तथा शारिरिक, पाकशिक्षा, सगिंत लगायत विद्यार्थीहरुले तयार पारेका विभिन्न परियोजना कार्यहरुलाई समावेश गरेर तेस्रो कोशी बृहत प्रर्दशनी आयोजना गरिएको हो ।

जहाँ विद्यार्थीले आफै तयार पारेका सामाग्री प्रदर्शन गरिएको थियो । १सय ६० स्टलमा वातावरण मैन्त्री सहर कसरी बनाउने देखि बैज्ञानिक सिचाइ पद्धतिको बारेमा विद्यार्थीले सहभागी लाई जानकारी गराएका थिए ।
सोही दिन नमुना कलेज इटहरीले पनि प्रदर्शनी आयोजना गर्यो । विभिन्न सास्कृतिक कार्यक्रम सहित स्कुल देखि कलेजका विद्यार्थीले आफैले बनाएको सामग्री प्रदर्सन गरेका हुन् । विगत ३ बर्ष देखिनै दुवै शैक्षिक संस्था कोशी र नमुनाले यस्तै रचनात्मक प्रदर्शनी मार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउदै आएको छ ।