धरान (डेस्क) : मोरङको सुन्दरहरैचा ६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।

बिशेष सुराकका आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्दा नर बहादुर दर्जी सहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी झापाको काँकरभिट्टा सिमाढाँट एरियाबाट २ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । हिजो अपरान्ह साँढे ३ बजे भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका स्कुटर चालक बिर्तामोड ६ बस्ने १९ बर्षीय मनिश लिम्बु र पछाडि सवार ताप्लेजुङ मिक्वाखोला ७ बस्ने २४ बर्षीय मुकेश थलाङलाइ ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । पक्राउ परेकाहरुलाई सम्बन्धीत कार्यालयमा राखी कानुनी कारबाही भईरहेको सो कार्यालयले जनाएका छन् ।