काठमाडौं :  नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।