झापा : झापाको झिलझिले स्थित शिवसताक्षी स्पोर्टीङ्ग क्लबको आयोजनामा गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज सम्पन्न तेश्रो सताक्षी गोल्डकपको उपाधी मछिन्द्र क्लबले उचालेको छ ।

उपाधीका लागि यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब आमनेसामने भएका थिए ।
मछिन्द्रको जितका लागि बिमल घर्तीमगरले पहिलो हाफको तेश्रो मिनेटमा गरेको गोलनै निर्णायक बन्न पुग्यो । लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि भिडेका थिए ।

जितसँगै मछिन्द्रले नगद ६ लाख रुपैया सहित मेडल र ट्रफी प्राप्त गरेको छ भने उपबिजेतामै चित्त बुझाएको थ्रिस्टारले नगद ३ लाख रुपैया, मेडल र ट्रफीमा चित्त बुझाएको छ ।

गत फागुन ४ गतेदेखी सुरु प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब, थ्रीस्टार क्लब , त्रिभुवन आर्मी, रुपन्देही ११, मछिन्द्र फुटवल क्लव, बेलवारी फुटवल क्लव मोरङ्ग, आयोजक सतासीधाम स्पोर्टीङ्ग क्लब झापा र भारतको दार्जेलिङ फुटवल क्लवको सहभागीता रहेको थियो ।