धरान : सुनसरीको धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको आज सम्पन्न खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १ गोलको बिरुद्द ३ गोल गर्दै बिभागिय टिम नेपाल पुलिस क्लब बिजयी भएको छ ।

सुरुमा बिभागिय टिम नेपाल पुलिस क्लब र मेची नेत्रालय झापा बिचको निकै प्रतिस्प्रधात्मक भएको थियो । खेल सुरु भएको १० मिनेटमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडी सन्जय धिमालले पहिलो गोल गरि आफ्नो टिमलाई शुन्यका बिरुद्द १ गोलले अग्रता दिलाउन सफल भएका थिए । त्यसैगरी पहिलो हाफ कै ४१ मिनेटमा बिभागिय टिम नेपाल पुलिस क्लबका सुमन सुबेदीले गोल गरि खेललाई बराबरीमा कायम राख्न सफल भए । खेलको ४३ औ मिनेटमा जुमानु राईले थप एक गोल गरि आफ्नो समुहलाई १ गोलका बिरुद्द २ गोलको अग्रता दिलाउन सफल भए ।

Budha-Subba-2

मेची नेत्रालय झापाले गोल फर्काउन कडा प्रयास गरे पनि पुलिसकै जुमानु राईले खेलको दोश्रो हाफको ७७ औ मिनेटमा थप १ गोल गरि नेपाल पुलिस क्लबलाई १ गोलको बिरुद्द ३ गोलले अग्रता दिलाउन सफल भए । आजको खेलको बेष्ट गोल गर्ने खेलाडी नेपाल पुलिस क्लबका सुमन सुवेदी घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । यसैगरी खेलको म्यान अफ द म्याच पनि पुलिसकै जुमानु राई घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे ।
यसैगरी भोलीको खेल मनाङ मर्स्याङदी क्लब काठमाण्डौ र बेलबारी फुटबल क्लब मोरङ बिच हुने अयोजकले जनाएको छ ।

Budha-Subba-Gold-cup-3

प्रशिक्षक खेलबारे यसो भन्छन्

मिनबहादुर बस्नेत (प्रशिक्षक)  : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा
- झापाका खेलाडीले वान भर्सेस वान राम्रो खेल्न सकेनन् । झापालेनै पहिलो गोल गरेर खाता खोले पनि गोल फर्काउन नसक्नु दुःखद भयो ।

अनन्त थापा ( प्रशिक्षक ) : नेपाल पुलिस क्लब
- नेपाल पुलिस क्लब कावासोती गोल्डकप पनि खेलिरहेकोले खेलाडी बाँडिनु पर्यो । खेलाडी सबै सिनियर थिएनन् । भोला सिलवाल, जुमानु राई र सुमन सुवेदी तीन जना मात्रै सिनियर खेलाडी थिए । अरु जुनियर खेलाडी भए पनि गोल टाईममै फर्काउन सक्यौ । अर्को खेल सेमीफाईनलमा अझ राम्रो खेल खेल्नेछौ ।