काठमाडौं : लगातार बढिरहेको सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नौ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।