इलाम : इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपमा गोर्खा ब्बाइज रुपन्देहीले सुरुवाती जित निकालेको छ । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा पाहुना टोली कोहिमा इगल नागाल्याण्डमाथी ४-० गोल अन्तरको जित निकाल्दै रुपन्देहीले इलामे मैदानमा सुखद् सुरुवात गरेको हो ।

पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक बनेपछि दुवै टिमले गोल गर्न सकेनन् । दोश्रो हाफमा उत्कृष्ट खेल पस्किएको रुपन्देहीको लागी ४ वटै गोल सम्भव बन्यो । २१ औ मिनेटमा विदेशी खेलाडी हजमतले रुपन्देहीका लागी पहिलो गोल गरे । ३२ औं मिनेटमा फोफोना फोडेले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा रुपन्देहीले थप २ गोल ग¥यो । शक्ति राईले इन्जुरी समयमा व्यक्तिगत पहिलो गोल गरेको एक मिनेट नवित्दै दोश्रो गोल समेत थपेपछि रुपन्देही ४-० फराकिलो गोल अन्तरको जितका साथ क्वाटरफाइनल प्रवेश गर्यो।

सेमीफाइनल प्रवेशका लागी अब रुपन्देहीले फागुन १९ गते ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई प्रतिद्धन्द्धीको रुपमा पाएको छ । खेलको म्यान अफ दि म्याच विजेता टिमका शक्ति राई घोषित भए । दोश्रो प्रि-क्वाटरफाइन खेलमा आयोजक माईभ्याली फुटबल क्लबले अर्को पाहुना टोली ग्यान्टोक सिटि सिक्किमको सामना गर्नेछ । फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेता टिमले ५ लाख रुपैया प्राप्त गर्नेछ । यस बर्ष प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटरको साटो नगद १ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विधाका खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा लिग बिजेता मछिन्द्र, दोश्रो टोली त्रिभुवन आर्मी सहित १० टिमको सहभागीता रहेको छ ।