इलाम : इलाममा जारी छैटौ संस्करणको माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली सिक्किमसँग आज सामना गर्दैछ ।

इलामे मैदानमा यि दुई टोली पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । ठुलो टुडिखेलमा हुने प्रतियोगितामा विजय हासिल गर्दै आयोजक टोली दोश्रो पटक जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । पहिलो पटक माईभ्यालीमा सहभागी पाहुना टोली ग्यान्टोक आयोजक माथी जित निकाल्दै उपाधीको दावेदारी प्रस्तुत गर्ने लक्ष्यका साथ उत्रदै छ । आयोजक टोलीले पछिल्लो पटक चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की ११ माथी ३-२ गोल अन्तरको जित निकालेको थियो । क्वाटरफाइनल खेलमा आयोजकलाई ए डिभिजन क्लब मनाङ मस्याङदीले १-० गोल झिनो अन्तरले हराएको थियो । गत संस्करणको प्रतियोगिताको पहिलो खेलमै आयोजक टिमलाई भारतकै दार्जिलिङ युनाइटेडले १-० ले हराएको थियो ।

पाहुना टोलीले यसै महिना भारतकै १५ औ सकुुना गोल्डकपको क्वाटर फाइनलसम्मको यात्रा तय गरेको थियो । आजको खेल जित्ने टोलीले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङसंग प्रतिस्पर्धा गर्नेछ । आयोजक टिम च्यासल क्लबका डिफेन्डर छिरिङ गुरुङ, लिगका उदियमान खेलाडी दर्शन गुरुङ केही अफ्रिकन खेलाडीको साथमा मैदान उत्रने तयारीमा रहेको छ ।