पथरी :  मोरङको पथरीशनिश्चरे-१ मा रहेको पञ्चायत माविले फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ ।

विद्यालयले आफ्नो ४० औ वार्षीक उत्सव तथा अभिभावक दिवशको अवसर पारेर ३ दिने बृहत विज्ञान प्रर्दशनीको उद्घाटन गर्न लागेको विहीवार विद्यालय परिसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । २०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्वर १ कै विज्ञान संकायमा नमुना विद्यालयको रुपमा आफुलाई उभ्याउन सफल भएको र हाल विद्यालयमा विज्ञान संकायमा ५०० भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको विद्यायलयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

३ दिने बृहत विज्ञान प्रर्दशनीमा ४६ वटा स्टलहरु रहने विद्यालयले जनाएको छ । जसमा अटो स्ट्रिभ लाईट, स्मार्ट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्मार्ट फोन कन्ट्रोल रोवट, स्मार्ट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस लगायत वडा नम्वर १ को मोडल को प्रर्दशनी गरिने भएको विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।

अधिकारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले घरयासी सामानको प्रयोग गरेर जहाज, ड्रोन र रोवट लगायतको सामाग्री निर्माण गरेकोले सोको पनि प्रर्दशनी गरिने बताए ।
३ दिने आयोजित विज्ञान प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रर्दशनी स्टल र बाह्य सहभागि सस्थाका लागि १० वटा स्टल रहने जनाईएको छ ।
कार्यक्रमको उदघाटन् प्रदेश नम्वर १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले गर्ने भएका छन् ।