पथरी : आज ( शुक्रबार) देखी मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभा सुरु हुने भएको छ । सिन भिलेज पार्टी प्यालेसमा शुक्रवार देखी समाजिक बिकासमन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा हिउँदे अधिवेशनका सुरु हुने भएको हो ।

पहिलो दिन पार्टी प्यालेसमा गरेपनि दोस्रो दिनदेखि नगरपालिकामै हुने नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । बिहिबार कार्यपालिका बैठक बसेर कार्यक्रमको तयारीका बारेमा छलफल भएको थियो ।

नगरसभाको कार्यसुचिमा सहकारी बिधेयक र वातावरण संरक्षण बिधेयक पारित हुने छ ।