इटहरी : पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रीय कार्यालय बिराटनगरबाट सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा सर्ने भएपछी सुन्दरहरैचा बासीलाई शुक्रवार साँझमा दिपावली गर्न मेयर शिवप्रसाद ढकालले आग्रह गरेका छन् ।

२०७६ फाल्गुन १४ गतेको प्रतिनिधी सभाको बैठकबाट बिश्वबिद्यालयको बिधान संसोधन गरी केन्द्रीय कार्यालय गोठगाउँ बनाउने निर्णय भएको हो । जसले सुन्दरहरैचाबासीमा खुसीयाली छाएको र अबको शैक्षीक तथा प्राज्ञीक क्षेत्रमा सुन्दरहरैचाको नाम उचो रहने भन्दै दिपावलीको लागी नपाले नगरबासीलाई आग्रह गरेको हो ।
लामो समय देखी अस्थीरताले गाँजेको बिश्वबिद्यालय अब चलायमान हुने मेयर ढकाल बताउँछन् । यस अघि आफुहरुले २०७४ श्रावण १४ गते बिश्वबिद्यालयका उपकुलपती समक्ष दबाब मुलक ज्ञापन पत्र बुझाएको मेयर ढकाल द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मोरङका ९ वटा पालिकाले गोठगाउँमै कार्यालय राख्न दबाब दिएको उनले बताएका छन् । यो महत्वपुर्ण निर्णयमा हालका स्वास्थ्य तथा जनसंख्या तथा मन्त्री भानुभक्त ढकाल, संघिय सांसद लालबाबु पण्डीत, राष्ट्रियस सभा सदस्य रमेशजंग रायमाझी लगायतको महत्वपुर्ण भुमीका रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थित हुनसकेको थिएन । विश्वबिद्यालयमा अत्याधुनिक ८ वटा भवन, लाइव्रेरी, प्रयोगशाला कक्ष उपयोग बिहीन भइरहेका छन् । त्यस्तै नयाँ भवनहरु बन्ने क्रम पनि जारी छन् ।

८०५ बिगाह क्षेत्रमा फैलिएको विश्वविद्यालय क्षेत्र बन्यजन्तु तस्करको अड्डा जस्तो भएकोछ । राजमार्गदेखी २ किलोमिटर उत्तर चुरे जंगलको छेउमा विश्वबिद्यालय भएको कारण कसैले पनि त्यसप्रति चासो दिन सकेको कारण जसका कारण बिश्वबिद्यालयको हालत खराब बन्दै गइरहेको देखीन्छ । तत्कालीन प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालले शिलन्यास गरेको बिश्वबिद्यालय केन्द्रीय कार्यलय अभावको कारण बिराटनगरबाटै संचालन हुँदै आएको थियो ।