काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा न्याय खोज्दै जिल्ला अदालत काठमाडौँ पुगेका छन् ।

सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमाथि छानबिन हुनुपर्ने माग गर्दै बाँस्कोटा शुक्रवार दिउँसो अदालत पुगेका छन् ।मुद्दाको आरोप लगाएपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न गएको हुँ , उनले भने।