दमक : प्रदेश १ का वन, उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले १ नम्बर प्रदेश धार्मिक, सांस्कृतिक र प्रकृतिक हिसाबले देशकै उत्कृष्ट प्रदेश भएको बताएको छ ।

झापाको कमल गाँँउपालिका ५ स्थीत प्रस्तावित अन्तराष्ट्रिय रंगशालामा शुक्रबार प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ लाई सम्बोधन गर्दै उनँले यस्तो बताएको हो । उनले १ नम्बर प्रदेशमा संसारकै अग्लो हिमाल सगरमाथा देखि संसारककौ होचो भुभाग कचनाकवल समेत यहि प्रदेशमा रहेको र यहाँ भौगोलिक संरचना संगै बुहसंस्कृति, बहुभाषी, बहुजातीको बसोबास रहेकोले पनि अन्य प्रदेशको तुलनामा उत्कृष्ट रहेको दाबी गरे । मन्त्री कुसशयातले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० मा अधिकतम पर्यटन भित्रायउन समेत साँस्कृतिक महोत्सवको ठुलो भुमिका हुने भएकोले प्रदेश १ का विभिन्न क्षेत्रमा महोत्सव गर्दै जाने बताए ।

सांंस्कृतिक महोत्सवले विभिन्न भाषा संस्कार संस्कृति, जात जातीहरुमा राष्ट्रिय एकताको भावना कायम गर्दै सहिसुणताको भावना प्रगड हुने, यस्ता कार्यक्रमले स्थानीय प्रतिभाहरुलाई पनि राष्ट्रिय स्तर सम्म पहिचान गराउन मद्यत पुर्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब शुरेस आचार्यको भनाई छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजना र कमल गाउँपालिकाको व्यवस्थापनमा महोत्सव सम्पनन भएको हो । महोत्सबमा विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने नृत्य, संगिनी प्रस्तुत गर्नुको साथै राष्ट्रिय नाचघर काठमाण्डौका कलाकारहरुले समेत बिभिन्न नृत्य प्रस्तुत गरि सहभागी दर्शकलाई मनोरञ्जन दिलाएका थिए । महोत्सबमा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, कमल गाउँपालीका अध्यक्ष मेनुका काफ्ले, चुलाचुली गाउँपालीका अध्यक्ष प्रदिप चन्द्र राई लगायतको सहभागिता रहेको थियो ।