धरान : कोड आईटी धरानले आफ्नो कोड आईटी नामक एप्स लन्च गरेको छ । एप्सको डिभेल्प कोड आईटीमा अध्यनरत विद्यार्थीहरुद्वारा गरिएको हो ।

उक्त एप्स मार्फत कोड आईटीले सटिफाई गरेको महत्वपूर्ण सटिफिकेटहरु सक्कली हो वा नक्कली हो भनेर भेरिफाइ गर्न सक्नेछ । एप्समा अन्य फिचरहरु पनि समावेश गरिएका छन् । जस्तैः कोड् आईटीमाअध्ययनहुने सम्पूर्ण कोर्षहरुको जानकारी, अध्ययन गर्न चाहेमा सिट सुरक्षित गर्न फर्म, विभिन्न कार्यक्रमहरुको सुचना, एप्स प्रयोककर्ताहरुलाई उक्त जानकारीहरु नोटिफिकेसनद्वारा गराइने व्यवस्था गरिएको छ ।

कोड आईटी एप गुुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ । यसको प्रयोग अनलाइन र अफलाइन दुवै माध्यमबाट गर्न सकिनेछ । कोड आईटीका संस्थापक सजल श्रेष्ठले भने, “एप्स त सुरुवात मात्र हो, हाम्रो योजना भनेको पूर्वलाई आईटी हबका रुपमा डेभलप गर्ने, धरानमै वल्र्ड क्लासको ट्रेनिङ उपलब्ध गराउने साथै विश्व विद्यालयको सौद्धान्तिक अध्ययन र प्राक्टिकल स्किल बिचको ग्यापलाई परिपूर्ति गर्न विद्यार्थीहरुलाई आवश्यक सहजिकरण गर्ने रहेको छ ।”कोड् आईटी धरानले कम्प्युटर प्रविधिको विभिन्न ट्रेनिङ, एप्स डेभेल्पमेन्ट, वेबसाइट डेभेल्पमेन्ट लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको कोड आईटीएपको डिभेल्परहरु संगम शाक्य, टेलिसा राई, मुना तामाङ, निरज राई रहेका छन् ।