धरान : सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको १० दिने औद्योगिक व्यापार मेला धुमधामले धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा लागिरहेको छ ।

धरान-१२ स्थित पव्लिक हाईस्कुलको खेलमैदानमा फाल्गुण १५ गते देखि २४ गते सम्म लाग्ने औद्योगिक व्यापार मेलामा पर्यटन, कृषि, सुचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रर्वद्धनका स्टलहरु रहेका छन् । मेलामा बैक तथा वित्तिय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका, अल्लो, ह्याण्डीक्राप्टका ८ वटा, नर्सरीका २ वटा, महका ४ वटा, गार्मेन्टका ५ वटा, अर्ग्यानिक अचार, चिया, ललिपको ९ वटा, अन्तराष्ट्रिय उत्पादन भारत, पाकिस्तान, बंगलादेशका १४ वटा, पुस्तक तथा स्टेशनरीका २ वटा, थोपा सिचाईको १ वटा, स्थानिय भवन निर्माणको १ वटा, भवन निर्माण कम्पनी आरएमसीको १ वटा, अटोमोवाईलका २ वटा, आइसक्रिमका २ वटा, बराहा ग्रुपको ६ वटा, विस्कुटको १ वटा, चाउचाउको २ वटा, स्वास्थ्य, पर्यटन, चित्रकलाका ३ वटा, दुगड फुडसको २ वटा, कस्मेटिकको १ वटा, प्लाष्टिकको भाडाको ३ वटा, वाईनको १ वटा, दुग्ध विकास संस्थानको १ वटा, कार्पेटको २ वटा र शैक्षिक संस्थाको १ वटा गरी जम्मा ८६ वटा स्टल रहेका छन् ।1 8

 

मेलाको उदघाटन संघिय सरकारका उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्रि मोतिलाल दुगडले  गरे ।

मेलाको मुख्य आर्कषण :

जुत्ता मेला औद्योगिक व्यापार मेलाको मुख्य आर्कषण भएको छ । नेपालमा बनेका ९ वटा ब्राण्डका जुत्ताहरु मेलामा ४० देखि ६० प्रतिशतको छुटमा विक्रिमा राखिएको छ । शिखर, ल्याण्ड वाक, क्रस रोड, कोसेली, गोल्डस्टार, शुल्याण्ड, विएफ डियर हिल, रन र हाईलाईफ ब्राण्डका जुत्ता चप्पलहरु मेलामा राखिएका छन् । त्यसैगरी मेलामा अल्लो, लगायत घरेलु उत्पादनहरु, आग्र्यानिक ग्रीन टि, पाकिस्तान र बंगलादेशबाट ल्याईएका छालाका सामाग्रीहरुको स्टल मुख्य आर्कषण बनेका छन् ।

मेला लगाउनुको उदेश्यबारेमा सुनसरी उद्योग बाणिज्य महासंघका अध्यक्ष गिरीधारी सापकोटासंगको भिडियो कुराकानीको केही अंश :