इटहरी : निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै इटहरीमा ह्विल चेयर म्याराथन भएको छ ।

इटहरीको आँपगाछीमा हुने प्रतियोगितामा उपमहानगरपालिकाबाट र्‍याली निकालेर प्रतियोगीहरू कार्यक्रम स्थल सम्म पुगेका हुन् ।

दया हैन अवसर देऊ, स्वस्थ बिमा लागू गर, समान व्यवहारको प्रत्याभूति गर भन्ने माग सहित म्याराथन सुरु गरेका हुन । समावेशितामा एकसाथ भन्ने मुलनाराका साथ २१ को अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको स्पाइनल इन्जुरी सङ्घ प्रदेश १ ले जानकारी दिएको छ ।