धरान : धरान १८ को बुद्ध चौकमा किरात संस्कृति झल्काउने चिण्डो वाबु को प्रतिमा निर्माण गरिने भएको छ ।

आज बिहान धरानका मेयर तिलक राई हिन्दु धर्म अनुसार प्रतिमाको शिलान्यास गरेका छन् ।आगामी वैशाखमा किराती संस्कृति अनुसार वाबुको उद्घाटन गरिने मेयर राईले बताए । वाबु अर्थात् चिण्डो किरातहरुको हरेक सांस्कृतिक कार्यमा प्रयोग हुने सामग्री हो । वडा नं १८ को बजेट र स्थानीय स्वर्गीय नरप्रसाद राई ढाक बहादुर राई को स्मृतिमा उनको परिवारको सहयोगमा वाबु अर्थात् चिण्डोको प्रतिमा निर्माण गर्न लागेका हुन् ।

सांस्कृतिक प्रवर्द्धनसँगै पर्यटन विकासका लागि वाबुको प्रतिमा निर्माण गरिन लागेको बताइएको छ । वाबु अर्थात् चिण्डो किरात जातिको मौलिकता झल्काउने भएकोले किराती परम्परा र सभ्यता अनुसार वाबुको प्रतिभा कलात्मक ढङ्गबाट बनाउन लागिएको मेयर राईले बताए । त्यहाँ ‘ट्राफिक आइल्याण्ड, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको पनि काम हुने मेयर राईले बताई ।’ वाबुको प्रतिमा स्वर्गीय राईको परिवारबाट ५ लाख ५१ हजार १८ नम्बर वडाको ८ लाख बजेट गरी जम्मा १३ लाख ५१ हजार लागतमा निर्माण हुने बताइएको छ ।

वाबुको प्रतिमा धरानका कलाकार महेन्द्र राईले डिजाइन गरेका हुन् । उनका अनुसार वाबुको बेसमा रिलिफ आर्ट पनि बनाइनेछ । धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठका अनुसार भविष्यमा भत्काउन नपर्ने गरी वाबु निर्माण गरिने बताए ।