धरान : धरान १६ स्थित युएन नवोदय कलेज मा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूबिच गत शनिवार पाक कला प्रतियोगिता सम्पन्न भएको छ।

पहिलो चरणमा कक्षा १२ मा अध्ययनरत दुई सय विद्यार्थीहरू बिच प्रतियोगिता गरी फाइनल चरणमा १२ विद्यार्थीहरू बिच पाक कला प्रतियोगिता गरेको र यस प्रतियोगीमा पहिलो, दोस्रो ,तेस्रो छुट्ट्याउने र पुरस्कार समेत प्रदान गरिने विद्यालय का प्रधानाध्यापक डम्बर कुमार तुवापोले जानकारी दिए । विद्यार्थीहरूले सिकेको कुरा प्रयोगात्मक अभ्यासहरुलाई शिक्षक साथीहरू बिच पर्दशन गरेको जसमा  पहिलो दिवस राई, दोस्रो गौरव लिम्बु ,तेस्रो सुन्नीमा, सान्त्वना सुमन सुब्बा ,वर्षा लिम्बु रहेको श्रेष्ठ ले जानकारी दिए।

पाक कला प्रतियोगिता मा निर्णायकमण्लको  रूपमा क्रमशः सृजना लिम्बु, दिवाका कटुवाल, गगन श्रेष्ठ रहेका थिए। भने ३० पुर्णाङकमा पाक कला प्रतियोगिता को मूल्याङ्कन गरिको र मुलयाङकन गर्दा विद्यार्थीले आफ्नो व्यक्तिगत सरसफाइ, पकाउँदा भान्सामा प्रयोग गरिने चक्कु,ग्याँस ,डस्टर ,सेफ कोट एप रनको प्रयोगका साथै खानामा हुने पोषणतत्व न्युट्रीशहररू सन्तुलित छ कि छैन नष्ट भएको नभएको प्रदर्शनमा मुलयाङकन गरेको होटेल म्यानेजमेन्ट कोडिनेटर गगन श्रेष्ठ ले जानकारी दिए। un-collage-2