पथरी :  मोरङको इलाका प्रहरी कार्यालय पथरीले शनिबार राति ठूलो परिमाणमा लागुपदार्थ सहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले पथरी शनिश्चरे वडा नम्वर ४ नयाँ सोमवारे बाट ७ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर, त्यसलाई तौलन प्रयोग गरिने डिजिटल मेसिन सहित २ व्याक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडा बस्ने सनम मगर र रेश्मे मगर रहेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।गोप्य सुचनाका आधारमा प्रहरी आफै खरिदकर्ता भएर गएपछि शनिवार रातको १२ बजे सनम मगरको घर बाट उनिहरुलाई पक्राउ गरिएको गिरीले बताए ।

मगरको घरमा बेचविखन गर्नका लागि ब्राउन सुगरलाई सानो–सानो पोका बनाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पसार तथा कारोवारी अन्तर्गत मुद्धा दर्ता गरी आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी आइतवार जिल्ला अदालत मोरङ पठाएकोे छ ।

लागुऔषध ओसार पसार तथा कारोवारीमा दुवैलाई कम्तीमा ५ देखी १० वर्ष सम्म कैद सजाए हुने गिरीको भनाई रहेको छ ।