धरान : धरान १६ लेखनाथ चोक स्थित नबोदय विद्यालयमा कक्षा १० का एसइइ दिने विद्यार्थीलाई गत शुक्रवार बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा भएको बिदाइ कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल इन्जिनियर क्यापसका पूर्व क्यापस प्रमुख काजिराम कार्की र विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप घिमिरेको अध्यक्षतामा भएका कार्यक्रम निकै मनोरञ्जनमा साथ सम्पन्न भएको थियो विद्यार्थीले कार्यक्रममा शिक्षक, साथी एंवम अतिथिहरूलाई नृत्य , गीत तथा विभिन्न क्रियाकलापले भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा बिदाइ भएर जाने विद्यार्थीहरूलाई मायाको चिनो समेत प्रदान गरेको विद्यालयका सञ्चालक हरि भट्टराईले जानकारी दिए ।
मन्तब्यकै क्रममा प्रमुख अतिथि कार्कीले भविष्यमा राम्रो अध्ययन गरेर जिम्मेवार पूर्ण ढङ्गबाट अगि बढ्न शुभकामना दिए । विद्यालयका सञ्चालक नीरज मास्केले विद्यालय र विद्यार्थीहरूलाई नयाँ सोच, फरकपन दिएर विद्यालयका सञ्चालन गरेर लैजाने बताए ।