धरान : धरान धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले वडामा रहेका वित्तिय संंस्थाहरु सँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा वडामा रहेका सहकारी, वैंक, वित्तिय संंस्थाका पदाधिकारीहरु सँग वडाको विकासमा सहकार्य गर्ने सम्बन्धमा अन्तरकृया भएको थियो । वित्तिय सँस्था वडाको गहना भएकोले उनिहरुको समस्याहरु भए वडाले सके सम्म समाधानमा सहयोग गर्ने कुरा वडा सदस्य शरद रत्न पार्थिवले व्यक्त गरे । वडाको विकास निर्माणमा सहयोग गर्ने संस्थार्लाइ वडा कार्यालयले सम्मान् गर्ने कुरा बताउदै वित्तिय संस्थाहरुलाई पनि सहकार्य गर्न ९ नं.वडाका वडाध्यक्ष रत्न बहादुर कट्वालले अनुरोध गरे ।

आफ्नो कार्यालय रहेको स्थानमा बाटो मर्मत संहार, फोहोर व्यावस्थापनका लागि डस्टवीन, सीसी क्यामेरा जडान आदिमा सहयोग गर्ने वित्तिय संस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

वित्तिय संस्थाहरु नाफामुखी मात्र नभएर सामाजिक सेवामा पनि उत्तिकै ध्यान दिनपनी कार्यालयले आग्रह गरेका वडाध्यक्ष कट्वालले बताए । वडा सदस्य शरद् रत्न पार्थिव, सविना शाक्य, मनोज कुमार राउत, रिचा शंकर लगायत वडाका समाजसेवी बुद्धिजिवी लागयतको उपस्थिति रहेको थियो ।